logo-img

डा. वाग्लेकाे प्रश्न : भुटानी शरणार्थी प्रकरणका आंशकित व्यक्तिहरुमा खुल्लमखुल्ला चुनौती दिने आँट कहाँबाट आयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण संसारभर छरिएर रहेका नेपालीको पनि प्रतिष्ठाको विषय बनेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयाेजित 'नक्कली भुटानी शरणार्थी प्रकरण' विषयक कार्यक्रममा बोल्दै सांसद वाग्लेले याे काण्डलाई सामसुम पार्न दिन नहुने बताए । 
 
आफूलाई यो प्रकरण अन्तर्राष्ट्रियकरण गराएको आरोप लागेको उनकाे गुनासो छ । यो काण्डमा उनले संयुक्त राष्ट्रसंघका महासचिवलाई ट्याग गरेर ट्विट गरेका थिए । 

भ्रष्टाचारमा संलग्न भएका भनिएकाले प्रमाण देखाउन चुनौती दिँदै हिँड्नुलाई गम्भीरताका साथ लिनुपर्ने सांसद वाग्लेले बताए । आंशकित व्यक्तिहरुमा खुल्लमखुल्ला चुनौती दिनसक्ने आँट कहाँबाट आयो त्यसतर्फ ध्यान दिन जरुरी रहेकाे उनकाे भनाइ छ । 







  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार १६:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया