logo-img

बूढानीलकण्ठबाट पक्राउ परे टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार रायमाझी आइतबार उन बुढानीलकण्ठबाट पक्राउ परेका हुन् । 

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। 



यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएपछि काठमाडौं जिल्ला अदालतले उनी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्। वैशाख २७ गते खाण र उनका सहयोगी नरेन्द्र केसीलाई खाणको निवासबाट पक्राउ परेका थिए ।





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार २१:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया