logo-img

टोपबहादुरलाई काठमाडौं प्रहरी परिसर ल्याइयो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि उनी १० दिनयता फरार थिए । आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्युरोले रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको थियो । 

यस प्रकरणमा खाणका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् । पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरी अनुसन्धान जारी राखेको छ । 







  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार २२:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया