logo-img

बढ्यो चिकित्सकको परामर्श शुल्क, कुन तहका चिकित्सकले कति लिन पाउने ?

नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।

संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बतए । 

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क ९ सय ४० देखि ४ सय २० सम्म तोकिएको बताए । नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिए तथा बिडिएस तहका चिकित्सकको शुल्क ४ सय २० रुपैयाँ र पाँच वर्षभन्दामाथि अनुभव भएकाको ५ सय १५ रुपैयाँ तोकिएको छ । 



यस्तै, अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५ सय ९० रुपैयाँ र त्योभन्दा बढी छ भने ६ सय ७० रुपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडिएस तहका चिकित्सकको ७ सय ५० र पाँच वर्ष बढी अनुभव भएको ८ सय रुपैयाँ शुल्क तोकिएको छ । 

यस्तै, पाँच वर्षसम्मको अनुभव भएका डिएम/एमसीएच तहका चिकित्सकको ८ सय ८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी÷एमसीएच तहका चिकित्सकको ९ सय ४० रुपैयाँ र १० वर्ष भन्दामाथिको अनुभव भएका एमडी/एमएस/एमडिएसका चिकित्सकको ९ सय ४० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १२:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया