logo-img

लोकतन्त्र गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको स्पष्ट पार्दै उनले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए । 

लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उनले आरोप लगाए । ‘देशको आर्थिक अवस्था डामाडोल छ । राजनीतिक अस्थिरता छ,’ उनले भने, ‘अहिले पनि लाखौं विद्यार्थी देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा विदेश गएका छन् । यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै संकट उत्पन्न हुने देखिएको छ ।’  



देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्तिकेन्द्रहरु रमाइरहेको अध्यक्ष केसीले बताए । 
 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १६:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया