मधेस प्रदेश सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता

नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको एमालेले संसदीय दलको बैठकको निर्णय अनुसार दुई महिनापश्चात समर्थन फिर्ता लिएको हो ।

चैत २ गते मधेस सरकारबाट बाहिरिए पनि एमालेले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । 

मधेस सरकारमा ४ वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिएपनि सरकारलाई भने समर्थन कायमै राखेको थियो । 



गत पुस १० गते एमाले केन्द्रसँगै मधेस सरकारमा पनि सहभागी भएको थियो । तर, राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ गते मधेस सरकारसमेत छाडेको थियो ।

मधेस प्रदेशसभामा नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । यो दल प्रदेशको सबैभन्दा ठूलो दल हो ।



  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार २२:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया