दक्षिण एसियाली युथ टेबल टेनिसमा नेपालले जित्यो स्वर्ण

नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । नेपालले यू–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए ।  

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो । स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलंकासँग भने नेपाल ३–१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।  





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार ६:२९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया