logo-img

दैलेखमा चट्याङ लागेर एकै घरका चारजना घाइते

दैलेखमा गएराति चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।  

राति सुतिरहेका बेला करिब साढे १० बजेतिर घरमै चट्टयाङ पर्दा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार चट्टयाङ लागेका उनीहरूको दैलेख अस्पतालमा उपचा भइरहेको छ। 



चट्याङबाट पारस र हेमालाई बढी चोट लागेको छ ।





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार ८:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया