मधेस प्रदेशसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मधेस प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेश सभा बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

महालेखा परीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि विशेष समयमा सांसदले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । 

बैठकअघि २ जेठमा प्रदेशसभा बैठक बसेको थियो ।  





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार ११:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया