logo-img

सहरी तथा राजमार्गवरपर एक हजार सुविधासम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल बनाइने

सरकारले सहरी तथा राजमार्गवरपर यात्री पर्यटक सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका छन् । उनले राजमार्गमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेसन निर्माण गर्ने घोषणा गरे । 

त्यस्तै, सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाइ, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै, सरकारले नदीनाला र तथा पानीको स्रोतलाई प्रदूषणमुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र विस्तार गर्ने भएको छ । 







  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार १९:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया