logo-img

जनतामा सही विचारको बीजारोपण गर्न मेचीकाली अभियान सञ्चालन गर्नुपर्‍यो : भट्ट
फाइल तस्बिर

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बीजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको बताएका छन् । जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले त्यस्तो बताएका हुन् । 

‘हामीले जेठ १–१५ गतेसम्म  देशैभरि पुग्ने गरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौँ’, महासचिव भट्टले भने, ‘सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ ।’

सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागत योग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकिन नभएको उनको भनाइ थियो । 



महासचिव भट्टले देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवं भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरूक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको बताए ।  





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १४:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया