धरानमा बलात्कारपछि हत्या घटनामा संलग्न दुईजना १६ वर्षपछि पक्राउ

सुनसरीको धरानमा सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न दुईजना १६ वर्षपछि पक्राउ परेका छन् ।  

२३ मंसिर २०६४ मा धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा धनकुटा शहीदभूमि गाउँपालिका–१ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउ परेका हुन् ।  

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानले १६ वर्षपछि पक्राउ गरेको हो । घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । 

२३ मंसिर २०६४ मा तत्कालीन धरान नगरपालिका–५ मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव शव सडेको अवस्थामा फेला परेको थियो ।

किटानी जाहेरी नपरेपछि घटनाको फाइल थन्किएको थियो । करिब दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार पक्राउ परेका दुवैजना साथी रहेको खुल्न आएको छ ।  





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार ७:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया