लुम्बिनीमा सरकार विस्तारको तयारी, को-को बन्दै छन् मन्त्री ?
फरकधार / ८ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।  



हाल चार मन्त्री रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीनजना मन्त्री नियुक्त गर्ने तयारी रहेको भइरहेको हो । 



नेपाली कांग्रेसका नेता राजु खनाल, जनता समाजवादीका भण्डारीलाल यादव र जनमत पार्टीका सिके गुप्तालाई मन्त्री बनाउने तयारी भइरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री सन्तोष पाण्डेले जानकारी दिए । 



मन्त्रीको नामलाई अन्तिमरूप दिन मुख्यमन्त्री चौधरीसहितका नेताहरूबीच छलफल भइरहेको छ । छलफलमा सहमति जुटेमा थपिएका मन्त्रीले आज नै शपथग्रहण गर्ने छन् ।  







  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १२:१२:९,   अन्तिम अपडेट : जेठ ८, २०८० साेमबार १२:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया