शिक्षामन्त्रीलाई रघुजी पन्तको प्रश्न- पाठ्यपुस्तकबाट डा. रुइतको जीवनी किन हटाइयो ?

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को पाठ्यपुस्तकबाट वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी हटाएकोमा आपत्ति जनाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पन्तले पाठ्यपुस्तकबाट डा. रुइतको जीवनी हटाउनु दुःखद् भएको उल्लेख गर्दै शिक्षामन्त्रीसँग यसको कारण माग गरे ।

‘कक्षा १० को पाठ्यक्रममा डा. सन्दुक रुइतको बारेमा लेखेको ८ पृष्ठको जीवन पढाइन्थ्यो । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर ६ मा कि ८ को साइन्समा राख्यो । उहाँका कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवनी पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो ? शिक्षामन्त्रीले यसबारे स्पष्ट जवाफ दिनुपर्‍यो,’ सांसद पन्तले भने । 

यस्तै, उनले कालीकोटको पचाल झरनामा ६ देखि ८ कक्षासम्मको पाठ्यक्रममा माओवादी जनयुद्धको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर पढाइरहेकोबारे पनि आपत्ति जनाए । 
 





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १२:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया