logo-img

सत्तापक्ष सांसदले ओलीलाई ‘हेड मास्टर’ को संज्ञा दिएपछि गोकुलको जवाफ : उहाँ विश्वविद्यालयको भिसी हो

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रमबारे प्रतिपक्षीको धारणा सुन्न नै नचाहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारमाआवद्ध दलका नेताहरू प्रतिपक्षीसँग प्रतिवादमा उत्रिँदै सुझाव ग्रहण गर्न नै नचाहेको टिप्पणी गरेका हुन् ।  

‘सत्ता पक्षले सुन्ने धैर्यता राख्ला भन्ने बुझाइ थियो । तर, हिजो अस्तिका कुराहहरू सुनिरहँदा सत्ता पक्ष आफ्नो कमजोरी लुकाउनको निम्ति, प्रतिपक्षको तेजोबोध गर्ने र तीव्र प्रतिवादमा उत्रिने उल्टो बाटोमा समातेर हिँडेको देखियो म छक्क पर्या छु,’ बाँस्कोटाले भने । 

सत्तापक्षका नेताहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्नेक्रममा एमाले अध्यक्ष ओलीले ‘हेड सर’ को शैलीमा पाठ पढाएको बताएपछि बाँस्कोटाले जवाफ पनि फर्र्काए । 

‘हेड मास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ, नेकपा एमाले लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको सामाजिक न्यायसहितको परिवर्तनको, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो त्यसैले तपाईंहरूले दिएको उपाधिलाई पुग्दैन । केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो । इञ्जिनियर हो, आर्टिटेक्ट सबै हो,’ बाँस्कोटाले भने ।   





  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १२:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया