बिहीबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

भोलि (बिहीबार) रातो मत्स्येन्द्रनाथको भोटो देखाइने भएकाे छ । जात्राकाे अवसरमा काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने जनाएकाे छ । 

सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १५:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया