logo-img

उपमेयर डंगोलको गुनासो - उपप्रमुख र उपमेयरलाई वैकल्पिक जिम्मेवारीका रूपमा हेरियो
फाइल फाेटाे

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारीहरूले उपप्रमुख र उपाध्यक्षहरूलाई वैकल्पिक जिम्मेवारी रहेको रुपमा हेर्ने गरेको गुनासो गरेकी छन् । शुक्रबार नेकपा एमालेको स्कुल विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो गुनासो गरेकी हुन् । 

उनले  महानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले संस्थाभित्र नै उपप्रमुख र उपाध्यक्षलाई वैकल्पिक जिम्मेवारीको पद रहेको रूपमा लिने गरेको पाएको बताइन् । उनले कुनै एउटा स्थानीय तहमा मात्रै नभई सबैमा यस्तो सोच रहेको दाबी गरिन् । 

‘नेपालको संविधानले नै व्यवस्था गरेको छ । स्थानीय तह प्रमुख र उपप्रमुखको परिकल्पना गरेको छ । भूमिका पनि संविधानका नै उल्लेख गरिएको छ । त्यसलाई पनि थप स्पष्ट पार्नको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उपप्रमुख उपाध्यक्षको भूमिका के हुन्छ भन्ने बारेमा स्पष्ट पारिएको छ,’ उनले भनिन्, ‘भूमिकाका कुरा गर्दा उपप्रमुख उपाध्यक्षहरूको भूमिका विशेष गरी समन्वय,अनुगमन,विवाद निरूपण र सहज करणमा प्रमुख भूमिका रहेको छ। जिम्मेवारीको कुरा गर्दा एउटै प्रकृतिको मात्रै रहेको छैन । उपप्रमुख, उपाध्यक्षहरूले गर्नुपर्ने भूमिका र जिम्मेवारी धेरै प्रकृतिको र धेरैतिर फैलिएको पनि छ । तर धेरैतिर जिम्मेवारी फैलिएको हुँदा पनि नतिजा देखिने खालको मूर्त रूपको काम गर्न भूमिकाले दिएको छैन ।’


उनले उपप्रमुख र उपाध्यक्षहरूको कार्यसम्पादनमा साधन र स्रोतको अभावले निर्णायक भूमिका नरहेको बताइन् । उपप्रमुख डंगोलले निर्णायक भूमिका उपप्रमुख र उपाध्यक्षहरूको नभएको भन्दै बोर्ड वा प्रमुखको अपेक्षामा रहनु परेको बताइन् ।

उनले उपप्रमुख र उपाध्यक्षहरूको ७ वटा कानुनी दायित्व पूरा गर्ने जिम्मेवारी रहेको बताइन् । उनले न्याय सम्पादनको काम न्यायिक समितिको संयोजक भएर गरिरहेको बताइन् । 





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार २०:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया