logo-img

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरू

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरू भएको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाएका थिए ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । नेकपा (एमाले) का उपनेता चेतनारायण आचार्यले प्रदेश स्थापना हुँदा बनेको सरकारले प्रदेशको समृद्धिका लागि योजना निर्माण गरेको र सोही योजनालाई आधार मानेर बजेट तथा कार्यक्रम बनाउन सुझाव दिए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक इन्द्रजित थारुले सन्तुलित विकासलाई आधार मानेर सरकारले बजेट तथा कार्यक्रम बनाउनुपर्ने बताए । उनले सरकारले सबैको भावना सम्बोधन गर्न सक्नुपर्ने बताए ।



बैठकमा औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पेस भएको छ ।  दोस्रो अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले उक्त विधेक पेस गरेका थिए ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार २३:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया