जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा संघको विरोध प्रदर्शन

नेकपा एमालेनिकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको बानेश्वर चोकमा युवा संघ नेपालले विरोध गरेको हो । प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए । 

सोही विषयलाई लिएर युवा संघले विरोध जुलुस गरेको हो । प्रतिनिधिसभाको जेठ ११ गतेको बैठकमा नेकपा एमालेले विरोध जनाएको थियो । प्रदर्शनमा सहभागीले सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?, लडाकु घोटाला छानबिन गर, राजन दाहाल सोचेर बोल, युवाले खोल्दै छन् पोल लगायतका प्लेकार्ड बोकी विरोध जनाएका थिए । 

यद्यपि, प्रतिनिधिसभाको आजको बैठकमा सांसद दाहालले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १८:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया