logo-img

काभा महिला भलिबलको उपाधि भारतलाई

एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार सम्पन्न खेलमा भारतले काजकिस्तानमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो । यससँगै भारतले नेपालमा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ । यसअघि भारतले नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलको उपाधि उचालेको थियो ।

काजकिस्तानमा एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेटमा २५–१५ को सहज जित निकालेको थियो । पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हरायो । तेस्रो बन्ने क्रममा नेपालले २०–२५, २५–१६, २५–१५, २५–१३ को जित निकालेको थियो । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ देशका टोलीको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेप सदस्यसचिव लगायतले पुरस्कार प्रदान गरे । 





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार २०:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया