logo-img

बजेटको समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् । 

उनले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । बजेटमा मलखादको प्रत्याभूति नगरिएको बताउँदै उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए । 

सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको उनको आरोप छ । उनले थपे, ‘शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन ।’







  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार २०:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया