बजेटमा गाँजाखेती अटाएपछि शेरबहादुर तामाङको प्रतिक्रिया : सरकार र समर्थनलाई धन्यवाद

संघीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसंख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् । 

नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहेका तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुड्किलो भएको टिप्पणी गरेका छन् ।  

‘सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई,’ तामाङले भनेका छन् ।   





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ७:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया