स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। राष्ट्रपति बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका हुन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाएर आफ्नो सिटतर्फ जाँदै गर्दा भुइँमा पछारिएको भिडिओमा देख्न सकिन्छ ।

८० वर्षीय  बाइडेनले वायु सेनाका ग्राजुयटहरूलाई प्रमाणपत्र वितरण गर्नुअघि मन्तव्य राखेका थिए। मन्तव्य र प्रमाणपत्र वितरणपछि आफ्नो सिटतर्फ आउँदै गर्दा उनी स्टेजमै पछारिएका थिए।

उनी लडेको भिडिओ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल बनेको छ। बाइडेन लडेपछि त्यहाँ उपस्थित सेनाका अधिकारीहरूले उनलाई उठाएका थिए।





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार ९:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया