logo-img

पाल्पा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो, पाँचजनाको अवस्था गम्भीर

पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जिप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ ।

प्रहरीका अनुसार जिप चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय संयोग गौतम मृत्यु भएको हो ।  

तीनजनाको घटनास्थलमा र संयोगको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ दुर्घटना भएको थियो ।



जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका ११ मध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुईजनाको चौराहा अस्पताल बुटवल र चारजनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ८:२३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया