logo-img

पाल्पा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा  भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अस्पतालमा उपचाररत दुईजनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । 

जिल्ला प्रहरीका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी–१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो । संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरेल सोही वडाका वडासदस्य समेत हुन् ।   

आइतबार घटनास्थलमै तीनजनाको मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी–१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम रहेका छन् ।



रूपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा १० जना घाइते छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।   

प्रहरीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ । उनीहरूको भैरहवा मेडिकल कलेज रूपन्देहीमा भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ९:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया