logo-img

वातावरण संरक्षणमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण प्रदूषणका अनेक आयामहरूमध्ये प्लास्टिक प्रदूषण वातावरण मानव जीवनका लागि ठूलो खतराको रूपमा देखा परेको बताएकी छन् ।   

सोमबार वातावरण दिवसका अवसरमा एक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले भरिपूर्ण हाम्रो देश नेपाल पनि प्लास्टिक फोहोरको हानिकारक प्रभावबाट अछुतो रहन नसकेको उल्लेख गर्दै वातावरण संरक्षणमा एकजुट हुन आह्वान गरेकी छन् । 

‘हामी सबै मिलेर यस खतराको सामना गर्न सक्छौँ र सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौँ । हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवं पुनः प्रयोग गर्न ठोस कदमहरू चाल्नै पर्दछ,’ उनले सन्देशमा भनेकी छन्, ‘यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहोर व्यवस्थापनसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पहरूको प्रयोगलाई प्रोत्साहन गर्नु पर्दछ ।’  







  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ११:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया