logo-img

विश्वकपमा एउटै खेलमा १८ पहेँलो कार्ड देखाउने रेफ्रीले लिए संन्यास

स्पेनका फुटबल रेफ्री अन्तोनियो मातेउ लाहोसले संन्यास लिएका छन् । आइतबार मालोर्का र रायो भालेकानोबीचको खेल सकिएपछि उनले संन्यास लिएका हुन् ।

खेल सकिएपछि पूरा रंगशाला लाहोसलेको सम्मानमा उभिएको थियो । दुवै टिमका खेलाडी र अफिसियलले पनि सम्मान व्यक्त गरे ।   

खेल सकिएपछि उनी खेलाडी र दर्शकलाई समेत अँगालो हाल्दै रोएका थिए । ४६ वर्षीय लाहोसले सन् १९९९ बाट रेफ्रीका रूपमा काम सुरु गरेका हुन् । 



उनी कतार विश्वकपको अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलबाट थप चर्चामा आएका थिए । उक्त खेलमा लाहोसले १८ पहेँलो कार्ड देखाएका थिए ।

उनले उक्त खेलमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी र वाल्टर सामुएललाई कार्ड देखाएका थिए । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलपछि भने उनलाई फिर्ता पठाइएको थियो ।  





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार १३:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया