logo-img

बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छ : सांसद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बडूले बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए ।

उनले बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको उल्लेख गरे । सांसद बडूले सोअनुरूपको कार्यनीति र कार्ययोजना पनि ल्याएको भन्दै प्रशंसा गरे । 



उनले बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मंसिरदेखि फिल्डमा काम देखाउने भन्नु राम्रो भएको उल्लेख गरे । सांसद बडूले दोहोरो कार्यक्षेत्र परेका निकायहरूलाई कटौती गर्नु पनि राम्रो बताए ।   





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १४:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया