आइपिओ निष्कासन गर्दै आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स आइपिओ निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।  कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारण लगानीकर्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिने जनाइएको छ । 

यस्तै, निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। 

बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गर्न लागेको हो। उक्त सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार १ गतेदेखि र सर्वसाधारण लगानीकर्ताहरूले असार २० गतेदेखि आवेदन दिन सक्ने बताइएको छ । 





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १०:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया