logo-img

बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भयो, यसले देशको समस्या समाधान हुँदैन  : गोकर्ण विष्ट
फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुने गरी बजेट आएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन् । 

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबीसमेत गरे । उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए । 



सचिव विष्टले भने, ‘क्रमागत आयोजनाहरू काटिन्छन् । तर आज केही पहुँचका आधारमा योजनाहरू, बजेट केन्द्रित भएको छ । आज विधि र न्याय स्थापित भएन । विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिँदैन । र, एउटा भनाई छ–जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन ।’

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताउनु भयो ।  





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १४:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया