logo-img

कालीगण्डकी नदीमा डुबेर दुई युवक बेपत्ता
फाइल तस्बिर

 नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३, कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका–३, हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार नदीमा डुबेर बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२, शिलान्यास चोक बस्ने २५ वर्षीय रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२, टाँडी बस्ने २४ वर्षीय सुरज सुवेदी रहेका छन् । 



बेपत्ता भएका दुवैजनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन । 





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार ६:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया