निजी अस्पतालले स्वास्थ्य बिमा मागे, सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि शान्त भए : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको उल्लेख गर्दै उनले स्वास्थ्य बिमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ चलिरहेको बताए । 

निजी अस्पतालहरुले स्वास्थ्य बिमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत उनको भनाइ छ । आफूले मापदण्ड पूरा नगरेका संस्थालाई सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको दाबी गरे । 

स्वास्थ्य बिमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बिमा दुवै बुझेको व्यक्ति खोजेको तर पाउन नसकेको उनको भनाइ छ । उनले भने, ‘मैले स्वास्थ्य र बिमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, कि स्वास्थ्य बुझेको पाइन्छ कि बिमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन ।’

मन्त्री बस्नेतले स्वास्थ्य बिमाका लागि कार्ययोजना बनाई अघि बढिरहेको पनि बताए । 





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार २१:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया