इटालीलाई हराउँदै यू-२० विश्वकपको उपाधि उरुग्वेले जित्यो

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ । गएराति अर्जेन्टिनमा सम्पन्न फाइनलमा इटालीलाई १–० ले हराउँदै उरुग्वेले उपाधि जितेको हो ।  

उरुग्वेको जितमा लुसियानो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले ८६औँ मिनेटमा गोल गरेका थिए । उरुग्वेले पहिलोपटक यू–२० विश्वकप उपाधि जितेको हो । यसअघि ऊ १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।  

उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग पराजित भएको थियो । यू–२० विश्वकप उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो । उसले अहिलेसम्म ६ पटक  यू–२० विश्वकप उपाधि जितेको छ । 

यस्तै, ब्राजिलले ५ पटक तथा पोर्चुगल र सर्बियाले २/२ पटक यू–२० विश्वकप उपाधि जितेका छन् । 

यस्तै, दक्षिण कोरियालाई ३–१ ले हराउँदै इजरायल तेस्रो भएको छ । प्रतियोगितामा इटालीका सिसर कासाडेइ सर्वाधिक गोलकर्ता भए । 

उनले विश्वकप अवधिभर ७ गोल गरे । २० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ देशको सहभागिता रहेको थियो ।   





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार ७:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया