logo-img

गर्मी बढेसँगै कैलाली र कञ्चनपुरका विद्यालय धमाधम बन्द, जनजीवन अस्तव्यस्त

कैलाली र कञ्चनपुरमा एक हप्तायता गर्मी बढेको छ । अत्यधिक रूपमा गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार आइतबारको तापक्रम अधिकतम ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने न्यूनतम तापक्रम २३ दशमलव ६ डिग्री मापन भएको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका कार्यालय प्रमुख सिंगल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । ‘मंगलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ, उनले भने, ‘बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।’ 



आज सोमबार भने तापक्रम केही घटेको छ । साँझ ६ बजे तापक्रम मापन गर्दा ३९.९ डिग्री सेल्सियसमा झरेको हो । सुदूरपश्चिमका केही पहाडी जिल्लामा हल्का वर्षा भएको हुँदा तापक्रम घटेकाे हाे । 

गर्मी बढेपछि कैलालीमा चार दिनका लागि विद्यालय बन्द गरिएको छ भने कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । गर्मीले स्कुले विद्यार्थीहरू निकै प्रभावित भएको भन्दै यहाँका पालिकाहरूले गर्मी बिदा दिन थालेका हुन् ।

पछि बर्खे र हिउँदे बिदामा मिलान गर्नेगरी गर्मी बिदा दिएको पालिकाहरूले बताएका छन् । कैलालीको धनगढी उपमहानगरपलिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिकालगायतले गर्मी बिदा दिएका छन् । केही दिनयता बढेको गर्मीले जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसोको समय लु (तातो हावा) चल्ने गरेको छ । 



यहाँका अस्पतालहरुमा गर्मीजन्य समस्याका बिरामी बढेको छन् । गर्मी अत्यधिक बढेपछि मजदुरवर्ग पनि प्रभावित भएका छन् ।
 



  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार १९:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया