बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताP . 

यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको बजेट सम्बन्धमा कार्यसूची तयार गरिने उनले जानकारी दिए । 

प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख भुवनकुमार पाठकले स्थगित गरेका थिए । 





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार २०:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया