राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न मन्त्री बस्नेत गंगालालमा

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गंगालाल अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि मंगलबार बिहान उनलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो । 

पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्री बस्नेतले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

नियमित स्वास्थ्य परिक्षणको क्रममा भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको सल्लाह अनुसार चौबिस घण्टासम्म अवलोकनमा राखिएको छ । उनलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ। 





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार २०:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया