logo-img

कारागारमा दारुपार्टी, कैदीबन्दी र कर्मचारीबीच कुटाकुट

कैलाली कारागारमा कैदीबन्दी र कर्मचारीबीच कुटाकुट भएको खबर बाहिरिएको छ । २२ जेठमा भएको घटना आज मात्र बाहिरिएको हो । 

कैदीबन्दी र कारागारका कर्मचारीका बीचमा कुटाकुट भएको हो । कुटाकुटमा परेर कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायत केही कैदी पनि घाइते भएको जनाइएको छ । 

उक्त घटनापछि कैलाली कारागारबाट सोमबार १६ जना कैदीलाई अन्यत्र सारिएको छ भने केही कर्मचारीलाई जेलबाट हटाइएको प्रशासनले जनाएको छ ।

कैदीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा लगिएको हो । कुटाकुट गर्नेमा कैलालीका टीकापुरका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका अभियुक्तहरु रहेको कारागार स्रोतले जनाएको छ । उनीहरुले कारागारभित्र समेत दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको दाबी गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सोही घटनालाई लिएर चौकीदार मानबहादुर खड्कालाई सरुवा गरिएको जानकारी दिए । 

सुरक्षातर्फ समेत पूरै टिम फेरिएको छ । घटना कुटपिट भनिए पनि त्यो नभएर अवैध खानेकुरा लिएर जेलभित्र कैदीहरुले खाने क्रममा विवाद भएर धकेलाधकेल भएको स्थानीय प्रशासनको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार २१:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया