logo-img

प्रधानमन्त्री प्रचण्ड संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने

नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ जाँदै छन् । 

बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेको हो । 

विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री  दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।



१२ वर्षपछि हुन लागेको दीक्षान्त  समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा‍.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए । 

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षान्त मन्तव्य दिनेछन् । विश्वविद्यालयमा २०६८ साल यतादेखि दीक्षान्त समारोह हुनसकेको थिएन ।   





  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार ८:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया