logo-img

चेक बाउन्स गरेको आरोपमा वडाध्यक्ष पक्राउ

चेक बाउन्स गरी ठगी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउपर्नेमा दार्चुलाको नौगाड गाउँपालिका–४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन् ।

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए । तर, उक्त खातामा रकम नै नभएको भेटिएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।  

सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिए ।  







  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार ९:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया