लुम्बिनी प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

लुम्बिनी प्रदेशका तीन जिल्लामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। 

आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीका अनुसार प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको हो । 

हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले पुर्ख्यौली पुजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।

दसैँमा जस्तै निम्तालु आदानप्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकालदेखि १८ मगरात क्षेत्रमा बसोवास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो। 





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार ८:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया