logo-img

काठमाडौंमा ‘मिनी अस्ट्रेलिया कार्निभल’

बिहीबारदेखि काठमाडौंमा सुरु भएको ‘मिनी अस्ट्रेलिया कार्निभल’ कार्यक्रम शुक्रबार सकिएको छ ।   

‘मिनी अस्ट्रेलिया कार्निभल’ कार्यक्रम युनिक्याम्पस ग्लोबल र मिनी अस्ट्रेलियाको सहकार्यमा आयोजना भएको थियो । पुतलीसडकस्थित युनिक्याम्पसको प्राङ्ग्रणमा कार्यक्रम हर्षोउल्लासकासाथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रम मनोरञ्जन, संगीत र विदेश अध्ययनका लागि सानदार उत्सवको रूपमा सम्पन्न भएको आयोजकले संस्थाले जनाएको छ । 



कार्यक्रममा अस्ट्रेलियाली संस्कृति मनोरञ्जन र शैक्षिक अवसरको उत्कृष्ट प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रदर्शन र गतिविधि हुनुका साथै यो कार्यक्रमले अन्तर्राष्ट्रिय शिक्षा ग्रहण गर्न चाहने विद्यार्थीका लागि मार्गदर्शकको काम पनि गरेको आयोजकले जनाएको छ । 

‘यो असाधारण कार्यक्रमकालागि मिनी अस्ट्रेलियासँग साझेदारी गर्न पाउँदा हामी हर्षित छौँ,’ युनिक्याम्पस ग्लोबलका सिइओ घनश्याम घिमिरेले भने, ‘मिनी अस्ट्रेलिया कार्निभल समुदायका लागि एकै ठाउँमा आउन र मनोरञ्जन तथा विदेशमा अध्ययन गर्ने बहुमूल्य अन्तरदृष्टिहरूको जीवन्त उत्सवको आनन्द लिने अवसर हो ।’ जुन उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो त्यसमा आफूहरू सफल भएको उनको भनाइ छ । 



सिइओ घिमिरेका अनुसार सही पाठ्यक्रम, छात्रवृत्ति वा भिसा प्रक्रियाका लागि सहभागीले कार्यक्रममार्फत अस्ट्रेलियामा अध्ययन गर्ने, आफ्ना सपनाहरू पछ्याउन व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने सुनौलो अवसर पाएका छन् ।  



‘यो कार्यक्रमले मनोरञ्जन मात्र होइन, व्यक्तिका सपनाहरू पछ्याउनसमेत प्रेरणा दिएको छ,’ सिइओ घिमिरेले भने । यसका साथै विद्यार्थीको रुचिलाई मध्यनजर गरी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिने उनले बताए । यस्तै, कार्यक्रममा अविश्वसनीय मनोरञ्जनका अतिरिक्त, स्थानीय प्रतिभा, उनीहरूको कलाशैली र रचनात्मकता प्रदर्शनसमेत गरिएको थियो । 

मिनी अस्ट्रेलिया कार्निभलमा विशेषगरी युवा पुस्तालाई लक्षित गरी अन्तरक्रियात्मक खेल र गतिविधि पनि प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा विजेतालाई आकर्षक उपहार र पुरस्कार पनि प्रदान गरिएको थियो ।  

‘मिनी अस्ट्रेलिया कार्निभल’ मनोरञ्जनको केन्द्रविन्दु रहेको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीले पनि कार्यक्रमको भरपुर सदुपयोग गरे । कार्यक्रममा प्रख्यात स्ट्यान्ड–अप कमेडियन सज्जन श्रेष्ठ र विशाल गौतमलगायत हाँस्य कलाकारलाई दर्शकसमक्ष प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा शहरका लोकप्रिय ब्यान्डले समेत आ–आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई स्वतस्फूर्तरूपमा आफूसँगै नाच्न र गाउन प्रोत्साहित गरेका थिए । अस्ट्रेलियामा अध्ययनका लागि आधिकारिक र उपयोगी जानकारी खोज्नेका लागि पनि कार्निभल विशेष उपयोगी भएको आयोजकको भनाइ छ । 

  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार १९:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया