logo-img

सञ्चारमाध्यमको नियमनकारी निकाय नहुँदा बेथिति

लेखक एवं पत्रकारहरुले नेपालमा पठन संस्कृति मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरुले पठन संस्कृति मासिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । 

उनीहरुले सञ्चारमाध्यममा पनि असम्पादित सामग्री बढी प्रसाारण र प्रकाशन हुनु चिन्ताको विषय भएको बताए । उनीहरुले सञ्चारमाध्यमको नियमनकारी निकाय नहुँदा यस्ता घटना बढिरहेको उल्लेख गरे । 

कार्यक्रममा बोल्दै लेखक तथा प्राध्यापक रामप्रसाद रेग्मीले देशमा पठन संस्कृति हराउँदै गएको बताए । पुस्तकमा भन्दा अहिलेको समाज टिकटक र अन्य सामाजिक मिडियामा बढी रमाउने गरेको उनले बताए । सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण भएका लेखहरुको पनि शीर्षक मात्रै पढ्ने संस्कृति बढी विकसित हुँदै गएकोप्रति उनले दुःख व्यक्त गरे । 



कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार कुन्दन अर्यालले सञ्चारमाध्यममा सम्पादितभन्दा असम्पादित समाचार सामग्री प्रसारण एवं प्रकाशन बढ्दै जानु चिन्ताको विषय भएको बताए । सञ्चारमाध्यमले यस्ता कुरामा ध्यान दिएर अघि नबढ्ने हो भने यसको असर समाज र आमनागरिकमा पर्ने बताउँदै उनले गलत र मिथ्या समाचारले भ्रम सिर्जना गरिरहेको बताए । यस्ता समाचार सामग्रीको प्रकाशन र प्रसारणमा रोक लगाउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले नयाँ सञ्चारमाध्यमको बढोत्तरी भए पनि नियमनकारी निकाय हुन नसक्दा समस्या आइरहेको बताए । नियमनकारी निकाय नहुनु नै बेथिति र विसंगतिको कारण भएकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो । 

कार्यक्रममा अन्य वक्ताहरुले एकले अर्काको राम्रो भन्ने प्रवृत्तिबाट मुक्त भई राम्रो भएकाहरुको साथ र टेवा दिने र नराम्रो भएकाहरुलाई सच्याउन आग्रह गर्ने कुरामा जोड दिने संस्कृतिको विकास गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : असार २, २०८० शनिबार २२:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया