logo-img

युरोकप छनोटमा पोर्चुगलको उत्कृष्ट जित

युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार उत्कृष्ट जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्ज गोभिनाविरुद्ध ३–० को जित निकालेको हो ।   

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले २ र बर्नाडो सिल्भाले १ गोल गरे । खेलमा ४४औं मिनेटमा बर्नाडोले गोल गर्दै पोर्चुगलले सुरुवाती अग्रता पाएको थियो । उनले ब्रुनोको असिस्टको सदुपयोग गर्दै गोल गरेका हुन् ।   

७७औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई २–० ले अघि बढाए । इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सानदार जित दिलाए ।  



यो जितपछि समूह ‘जे’ मा रहेको पोर्चुगलले ३ खेलबाट ९ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको पोर्चुगल अपराजित छ । पराजित बोस्निया ३ खेलबाट ३ अंकका साथ चौथो स्थानमा छ ।  
 





  • प्रकाशित मिति : असार ३, २०८० आइतबार ७:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया