logo-img

जनकपुरधाम बजार आजदेखि राति १० बजेसम्म खुल्ने

जनकपुरधाममा आइतबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आउन लागेको छ । ​जनकपुरधाम उपमहानगरपालिकाले सो रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो ।

नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिए । नगरप्रमुख साहले अहिले सुरु गरेपछि बिस्तारै बजार सुधार गर्दै जाने बताए । जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले धेरै पहिलेदेखि माग गर्दै आएका थिए ।  

उद्योगी व्यवसायीको मागबमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख साहले आइतबारदेखि रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गरे ।  



जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए । 

महासेठले खस्किँदो जनकपुरधामको बजारलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा संघले लामो समयदेखि परामर्श गर्दै आएको बताउँदै रात्रिकालीन बजारले जनकपुरधामको आर्थिक विकासमा टेवा पुग्ने दाबीसमेत गरे ।  

उनले रात्रिकालीन बजार सञ्चालनका लागि प्रहरी प्रशासनले शान्ति सुरक्षाको व्यवस्थालाई सहज बनाइदिनुपर्ने बताए ।





  • प्रकाशित मिति : असार ३, २०८० आइतबार ११:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया