logo-img

जिम्बाब्वेविरुद्ध आसिफको पनि अर्धशतक, कुशल शतक नजिक
फाइल तस्बिर

 नेपाली क्रिकेट टोलीका अर्का प्रारम्भिक ब्याटर आसिफ शेखले पनि आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत घरेलु टोली जिम्बाब्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले ८२ बलमा ५ चौकासहित अर्धशतक पूरा गरेका हुन् । एकदिवसीयमा आसिफको यो नवौँ अर्धशतक हो ।  

हरारे स्पोर्ट्स मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटका लागि १५० भन्दा बढीको  साझेदारी गरिसकेको छ । एकदिवसीयमा नेपालकोतर्फबाट यो अहिलेसम्मकै विशाल साझेदारी हो । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कुशल भुर्तेल र आसिफले राम्रो प्रदर्शन गरेका छन् । 

कुशलले अर्धशतक पूरा गरिसकेका छन् । यो समाचार तयार पार्दासम्म उनले ८७ बलमा ९३ तथा आसिफले ८७ बलमा ६५ रन बनाएका छन् ।  टोलीले २९ ओभरमा बिनाविकेट १ सय ५६ रन बनाएको छ ।



नेपालले पहिलोपटक टेस्ट टोलीविरुद्ध ओडिआई खेलिरहेको हो ।    

नेपालले यसअघि २०१८ को विश्वकप छनोटमा पनि जिम्बाब्वेसँग खेलेको थियो । तर, सो बेला नेपालले एकदिवसीय मान्यता पाएको थिएन । उक्त खेलमा घरेलु टोली जिम्बाब्वेसँग नेपाल ११६ रनले पराजित भयो ।  

नेपालले पछिल्लो १७ मध्ये १६ अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । ग्रुप ‘ए’ मा रहेको नेपालले समूह चरणमा जिम्बाब्वेका साथै विश्वविजेता वेस्ट इण्डिज, नेदरल्याण्ड्स र अमेरिकासँग पनि खेल्नेछ । 



प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार अमेरिका, बिहीबार वेस्ट इण्डिज र शनिबार नेदरल्याण्ड्सको सामना गर्ने तालिका छ । ​प्रतियोगिातको दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा पुग्नेछन् ।  

सुपर सिक्सको शीर्ष दुईमा रहने टिम यही वर्षको विश्वकपमा छनोट हुनेछन् । 



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने । 

  • प्रकाशित मिति : असार ३, २०८० आइतबार १४:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया