logo-img

योगेश भट्टराईलाई गृहजिल्लामा प्रवेश निषेध !

काेशी प्रदेशकाे नाम परिवर्तनकाे माग गर्दै आन्दोलनमा उत्रिएका पहिचानवादीले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला ताप्लेजुङ प्रवेशमा रोक लगाएका छन् । 
 
सचिव भट्टराईले आन्दोलनप्रति नकारात्मक टिप्पणी गरेको भन्दै कोशी प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीले उनलाई जिल्ला प्रवेशमा राेक लगाएका हुन् । 

उनीहरूले भनेका छन्, ‘एमाले सचिव भट्टराईले पहिचानको आन्दोलनलाई अपहेलित, घृणा र हिंसात्मक क्रूर अभिव्यक्ति थपेर पार्टी अध्यक्षको उग्रतालाई पछ्याएका छन्।' 

उक्त अभिव्यक्तिलाई फिर्ता लिएर आमपहिचानवादीहरुसँग माफी माग्नुपर्ने उनीहरुको भनाइ छ। आदिवासी जनजातीसँग सम्बन्धित विभिन्न १० वटा संस्थाहरुले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका हुन्।





  • प्रकाशित मिति : असार ३, २०८० आइतबार १६:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया