logo-img

नर्थ म्यासेडोनियाको पोस्टमा इंग्ल्याण्डको ७ गोल, साकाको ह्याट्रिक

युरो छनोट २०२४ मा नर्थ म्यासेडोनियाविरुद्ध इंग्ल्याण्डले ७–० को फराकिलो जित निकालेको छ ।

गएराति घरेलु मैदान ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा सम्पन्न खेलमा इंग्ल्याण्डको जितमा बुकायो साकाले ह्याट्रिक, कप्तान ह्यारी केनले दुई, मार्कस रासफर्ड र केल्भिन फिलिप्सले १/१ एक गोल गरे ।    

युरो छनोटमा इंग्ल्याण्डको यो लगातार चौथो जित हो । समूह ‘सी’ मा शीर्षस्थानमा रहेको उसको १२ अंक जोडेको छ । पराजित नर्थ म्यासेडोनिया ३ खेलबाट ३ अंक जोडेको छ । ऊ तालिकाको चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा युक्रेनले माल्टालाई १–० ले हराएको छ । 
 






  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार ७:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया