धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

संघीय संसद्‌को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गरेको छ । समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो ।    

समितिले मुख्य गरी दुई विषय पहिलो गत २९ जेठमा धितोपत्र दलाल र धितोपत्र व्यवसायीको नयाँ लाइसेन्स स्थगन गर्न आफैंले दिएको निर्देशन अब सुचारु गर्न र दोस्रो अनुमति दिँदा मापदण्ड पुगेकालाई मात्र दिने र यसका लागि धितोपत्र बोर्ड र नेप्सेलाई सतर्क हुन अर्थ मन्त्रालयमार्फत अनुमति दिने निर्णय गरेको छ । 

ब्रोकर लाइसेन्सको विषयमा सर्वोच्च अदालतले पनि अनुमति दिएकाले समितिले त्यसमा हस्तक्षेप गर्न नहुने बैठकमा उपस्थित अधिकांश सांसदहरूको धारणा थियो ।

गत साता समितिले ब्रोकर र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्‍न निर्देशन दिएको थियो ।  





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार ११:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया