logo-img

समाजवादी मोर्चाको आवश्यकता विचारणीय : सांसद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणाीय रहेको उल्लेख गर्दै सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महसुस आफूलाई भएको बताए । 

उनले भने, ‘हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने एउटा उद्देश्य होला । समाजवादतर्फ मुलुकको अभीष्ट हो, लक्ष्य हो भन्नेकुरालाई भनेका छन् । छरिएर बस्नुभन्दा एक ठाउँमा आउनु राम्रो हो ।’
 







  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १९:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया