हवाई इन्धनको मूल्य घट्यो

सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपैयाँप्रति लिटर)ले घटेको छ । 

मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यको तुलनामा काठमाडौंमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपैयाँले सस्तो भएको छ । 

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ ।





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार २२:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया